कालेबुङको बिहिबारे हाट बजारको सांसद राजु विष्टले गरे प्रशंसा

SAB1-1024x683.jpg

कालेबुङ: कालेबुङ आइपुगेका सासंद राजु विष्टले आज बिहान भखर केही हप्तादेखि शुरू गरेको कालेबुङको अर्ग्यानिक बिहिबारे हाटको पनि परिभ्रमण गरे। यस हाट बजारमा जिल्लाको विभिन्न ठाउँमा गाउँले कृषकहरू आफैले आफ्नो घर-बारीतिर उत्पादन गरेर बिक्री गर्नका लागि ल्याइएको अर्ग्यानिक साग-सब्जी, फलफुलहरू लगायत आफुहरूले नै तयार गरेका विविध प्रकारका हेन्डील्युमका सर सामानहरू बिक्रीमा राखेको देखेर सांसद विष्ट औधी खुसी देखिए। तिनले यस बिहिबारे हाटबाट केही सर-सामान तथा अर्ग्यानिक साग-सब्जीहरू पनि किनेर कृषकहरूको मनोबललाई थप हौसला प्रदान गरे।

भ्रमण पछि तिनले बिहिबारे लोकल हाटको मुग्धकण्ठले प्रशंसा गर्दै “भोकल फर लोकल” भन्ने उक्तिलाई चरितार्थ पारेको बताउँदै यस प्रकारको हाट बजारको आयोजना गर्ने तथा सबै सम्बन्धित कृषकहरूलाई पनि धेरै धन्यवाद दिँदै यसले स्थानीय कृषि तथा फलफुलहरूको उत्पादन गर्ने कृषक दाजु-भाईहरूलाई पनि ठूलो टेवा पुग्ने गरेको बताए। यस प्रकारको लोकल हाट बजारहरू दार्जिलिङ, तराई-डुवर्स क्षेत्रहरूमा पनि गर्न सके अति राम्रो हुने सांसद विष्टले बताए। तिनले यस्ता लोकल हाट बजारको आयोजना गर्नेहरूको साथमा आफु पनि सदा खडा रहेको साथै आफुबाट हुनसक्ने सबै प्रकारको सहयोगको आश्वासन पनि दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement