शिक्षक नियुक्ति मामला: ईडीद्वारा जाँच शुरु   

कोलकाता: स्कूल सेवा आयोग (एसएससी) को माध्यमले ग्रुप सी र डी- मा शिक्षकहरूको नियुक्तिमा भएको भ्रष्टाचार मामिलामा अब वित्तीय भ्रष्टाचारको जाँच प्रवर्तन निदेशालय (ईडी) ले शुरू गरेको छ। ईडीले यसको निम्ति दुई प्राथमिकी दर्ता गरेको छ। ईडीको एक स्रोतअनुसार शिक्षकहरूको नियुक्तिको निम्ति व्यापक स्तरमा घूस लिइएको छ। यसमा सरकारी अधिकारीहरू बाहेक नेता र मन्त्री लेवलमा धनराशिको लेनदेन भएको छ। यसैले प्राथमिकी दर्ता गरी सोधपुछ शुरू गरिएको छ। केन्द्रीय एजेन्सीले यस सम्बन्धमा अहिलेसम्म पाँच जनासित सोधपुछ गरेको छ र धेरै महत्वपूर्ण तथ्य हात लागेको छ। यसपछि प्राथमिकी दर्ता गरिएको छ। उच्च अदालतको आदेशमा सीबीआईले पहिलेदेखि यस मामिलाको जाँच गरिरहेछ। यसमा तत्कालीन शिक्षा मन्त्री पार्थ च्याटर्जीसहित उनका सहयोगी रहेका धेरै वरिष्ठ अधिकारी केन्द्रीय एजेन्सीहरूको रडारमा छन्। ग्रुप सी र ग्रुप डी- मा १००२ यस्ता मानिसहरूको नियुक्ति भएको छ, जसले या त परीक्षा दिएनन् या पास भएनन्। उच्च अदालतले अगावै यी सबैलाई नौकरीदेखि बर्खास्त गर्ने आदेश दिएको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *