भागोप्रमो खरसाङ महकुमा समितिद्वारा पञ्चायत चुनावको लागि चुनाव घोषणा पत्र जारी

IMG-20230629-WA0270.jpg

पञ्चायत चुनावको सबै घोषणा पत्रहरू पूरा गरिनेछ: सुवास प्रधान

खरसाङ: आगामी पञ्चायत चुनावको लागि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा पनि आज चुनाव घोषणा पत्र जारी गरेका छन्। हिजो दार्जिलिङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय समितिद्वारा पार्टीको घोषणा पत्र जारी गरिएको थियो भने आज खरसाङको लागि पनि घोषणा पत्र जारी गरेका छन्। भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा खरसाङ महकुमा समितिद्वारा पार्टी कार्यालयमा एक पत्रकार सम्मेलन बोलाएर पञ्चायत चुनावको लागि घोषणा पत्र सार्वजनिक रूपमा जारी गरेका छन्। यस अवसरमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय सदस्य समीरदीप ब्लोन, खरसाङ महकुमा समितिको सभापति सुवास प्रधान, सचिव एंव सभासद प्रणाम रसाईली, नारी शक्तिको केन्द्रीय अध्यक्षा अनु प्रधान, केन्द्रीय सदस्या जैतुन निशा खातुन, युवा शक्ति खरसाङ महकुमा समितिको सभापति पेमेन्द्र गुरुङ, महकुमा समितिको सह सचिव एमबी घले र विशाल शर्मा, कार्यालय सचिव प्रणय रोका, प्रचार प्रसार सचिव दिपेन सेवा, महकुमा सदस्यहरू प्रेम बम्जन र पुरण थापा आदि उपस्थित भएर उक्त घोषणा पत्र जारी गरेका थिए। उक्त पत्रकार सम्मेलनमा नै पञ्चायत चुनावको लागि खरसाङ महकुमा समितिद्वारा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको घोषणा पत्र जारी गरिएको छ। खरसाङ खण्ड अन्तर्गत पर्ने १४ वटा ग्राम पञ्चायतहरूमा खड़ा भएका पार्टीको प्रार्थीहरूका लागि उक्त घोषणा पत्र जारी गरिएको छ। यसपालीको पञ्चायत चुनावमा खरसाङ खण्ड अन्तर्गत पर्ने विभिन्न ग्राम पञ्चायतहरूमा पहिलेबाटै १८ जना पञ्चायत सदस्यहरू र ५ जना पञ्चायत समितिमा सदस्यहरू निर्विरोध चयन भईसकेका छन्। यस विषयमा पत्रकारहरूसित कुराकानी गर्दै भागोप्रमो खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले आज भागोप्रमो खरसाङ महकुमा समितिद्वारा छुट्टै प्रकारले चुनाव घोषणा पत्र जारी गरिएको बताउँदै यी घोषणा पत्र खरसाङ महकुमा अन्तर्गत पर्ने समष्टिहरू र ग्राम पञ्चायतहरूमा वितरण गरिने बताएका छन्। उनले भागोप्रमोले राज्य सरकारसित मिलेर कार्य गरेपछि नै पहाड़मा पञ्चायतीराज फर्केर आएको हो र पञ्चायती व्यवस्थाले जनताको राज फर्केर आउनेछ भनी विस्वास व्यक्त गरेका छन्। उनले जीटीए चुनावको सबै गरेको सम्पूर्ण घोषणाहरू विस्तारै पूरा भएको र अब पञ्चायत चुनावको घोषणा पत्रहरू पनि सबै पूरा गरिने बताए। खरसाङ महकुमा समितिको सभापति सुवास प्रधानले भने, हामी क्षेत्रीय पार्टीको हो अनि हामी पनि गोर्खाल्याण्डको लागि पछि हट्दैनौं। स्वच्छ र बुध्दीजिवीहरू लिएर गोर्खाल्याण्डको लागि अघि बढ्छ भने भागोप्रमो तयार छ। तर गोर्खाल्याण्डको मांग लिएर मागिखाने भाँड़ो बनाउँछ भने र भोटको लागि मात्र राजनीति गर्छ भने हामी विरोध गर्दछौं। किनभने हामी यथार्थको राजनीति गर्छौं।’

त्यसरी नै भागोप्रमो खरसाङ महकुमा समितिको सचिव एंव सभासद प्रणाम रसाईलीले आज जारी गरिएको पार्टीको घोषणा पत्र विषयमा विस्तृत रुपमा जानकारी गराएका छन्। उनले चुनाव अघि नै खरसाङ खण्डको विभिन्न ग्राम पञ्चायतहरूमा १८ जना पञ्चायत सदस्यहरू र ५ जना पञ्चायत समितिको सिटहरूमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको प्रार्थीहरू निर्विरोध रहेर मीठो उपहार दिई सकेको जानकारी गराएका छन्। उनले प्रत्येक ग्राम पञ्चायतमा भागोप्रमोको बोर्ड गठन गर्ने र ग्रामीण क्षेत्रको विकास कार्यहरू गर्नलाई परियोजना तयार पारिएको बताएका छन्। उनले भने, ‘यसपालीको पञ्चायत चुनावमा जनताले सही प्रार्थीहरूलाई चुनावमा जितेर पठाउँछ भनी विश्वस्त छौं। घोषणा पत्रमा जारी गरिएको सबै बुँदाहरू चुनावपछि कार्य गर्नेछौं। यो पञ्चायत चुनाव भागोप्रमो केन्द्रीय अध्यक्ष अनित थापाको ठूलो सोचले आएको छ। पार्टी अध्यक्ष अनित थापा अनि सबै पार्टी कार्यकर्ताहरु खटिरहेको कारणले यसपालीको पञ्चायत चुनावमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाले बहुमत प्राप्त गरेर जित्नेछ भन्ने आशा छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement