धर्मशालामा वर्ल्ड कपको पाँचवटा म्याच

IMG-20230629-WA0197.jpg

२९ जूनः अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी)-ले यस साल ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म भारतमा खेलिने आउँदो पुरुष वनडे वर्ल्ड कपको कार्यक्रम घोषणा गरिसकेको छ। यसमा धर्मशाला स्थित हिमाचल प्रदेश क्रिकेट एसोसिएशन (एचपीसीए)-को स्टेडियमलाई पाँचवटा म्याच प्राप्त भएको छ। एचपीसीए-ले उनीहरू यस महाआयोजनको पाँचवटा म्याच गराउन तयार रहेको बताएको छ, जसमा २७ अक्टोबरमा भारत र न्यूजील्याण्डबीचको म्याच पनि सामेल छ। एचपीसीए-को तर्फबाट जारी आधिकारिक विज्ञप्तिमा भनिएको छ, हिमाचल प्रदेश क्रिकेट एसोसिएशनको टीम वर्ल्ड कपको पाँचवटा म्याच आयोजन गर्न धेरै उत्साहित छ। यो एचपीसीए-को निम्ति एउटा ऐतिहासिक क्षण हो। यो हाम्रो गत २० सालको अविश्वसनीय यात्रामा एउटा उपलब्धि र माईलखुट्टी हो। उल्लेखनीय छ, धर्मशालाको स्टेडियमलाई विश्वको सबैभन्दा सुन्दर क्रिकेट स्टेडियमहरूमा एउटा मानिन्छ। विज्ञप्तिमा अझ भनिएको छ, यो हाम्रो पूर्व अध्यक्षहरू अनुराग सिंह ठाकुर र अरुण धूमलको दूरदर्शिता र कठोर मेहनतले सम्भव भएको हो, जसले गत २० वर्षमा राज्यमा खेल र क्रिकेटको बुनियादी ढाँचाको उत्थानमा लगातार काम गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement