कुवैत विरुद्ध ड्र हारको बराबर लागेको स्वीकार गरे सुनिल छेत्रीले

IMG-20230629-WA0190.jpg

२९ जूनः भारतीय पुरुष फूटबल टीमका कप्तान तथा दिग्गज स्ट्राईकर सुनिल छेत्रीले साफ च्याम्पियनशीप २०२३-को अन्तिम ग्रुप म्याचमा कुवैत विरुद्ध ड्र हार जस्तो प्रतीत भएको स्वीकार गरे। म्याचमा सुनिल छेत्रीले आफ्नो ९२औं अन्तर्राष्ट्रिय गोलको साथ भारतलाई बढ़त दिलाएका थिए तर अन्तिम क्षणमा अनवर अलीले आत्मघाती गोल गर्दा कुवैत हार्नदेखि बाँच्यो। यसअघि भारतले कुवैत विरुद्ध २०२०-मा एउटा अन्तर्राष्ट्रिय मैत्री म्याच खेलेको थियो, जसमा ब्लू टाइगर्सले ९-१-ले हारको सामना गर्नु परेको थियो। त्यस परिणामपछि यसपाली कुवैत विरुद्ध ड्र-लाई निश्चित रूपले सुधारको रूपमा हेर्न सकिन्छ तर भारतीय कप्तान चाहिँ नतीजासँग सन्तुष्ट छैनन्।
सुनिल छेत्रीले भने, मेरो मनमा अहिले पनि हारको भावना रहेको छ कारण हामीले उनीहरूलाई अन्तिम मिनटमा गोल गर्न दियौं। म्याचमा हामीले धेरै कुराहरू राम्रो गरेको मलाई विश्वास छ तर म्याच हामीले जित्नु पर्ने थियो। अब भीडियो विश्लेषण हेरेर मात्र सबैथोक पत्तो लाग्नेछ। हामीले धेरै हदसम्म त्यो काम गरेका थियौं, जसको निम्ति हामीले प्रशिक्षण लिएका थियौं। कुवैत कुनै सजिलो टीम होइन। यस टीमले असल फूटबल खेल्छ अनि हामीले त्यो देखिसकेका छौं।
भारत र कुवैतबीच म्याचमा माहोल निक्कै तनाउपूर्ण रह्यो अनि भारतका मुख्य प्रशिक्षक इगोर स्टीमाकलाई असहमतिको निम्ति रेड कार्ड देखाइयो। टुर्नामेण्टमा यो स्टीमाकको दोस्रो रेड कार्ड हो। यसअघि उनलाई पाकिस्तान विरुद्ध म्याचको अवधि पनि रेड कार्ड देखाइएको थियो। भारतीय प्रशिक्षकलाई ८१औं मिनटमा रेड कार्ड देखाइँदा सुनिल छेत्री मैदान बाहिर आइसकेका थिए। घटनाबारे प्रश्न गरिँदा सुनिलले भने, मलाई त्यस्तो केही अन्दाज छैन कारण म ढिलो गरी त्यहाँ पुगे। हामीले यसबारे कुरा पनि गरेनौ। हामी साधारणत म्याचको तुरन्त पछि खेलबारे कुरा गर्दैनौ। म्याचपछि आराम गरेर मात्र प्रदर्शनबारे चर्चा हुन्छ। यसबीच भारतका सहायक प्रशिक्षक महेश गावलीले चाहिँ कुवैत विरुद्ध म्याचको अवधि रेफरीको व्यवहारको कड़ा आलोचना गरेका छन्। उनले साफ-सँग रेफरीहरूका मानकलाई बढ़ाउने आग्रह गरेका छन्। भारतीय कप्तानले चाहिँ रेफरीको स्तरबारे टिप्पणी गर्न चाहेनन्। उनले भने, मैले केही भन्नु नै हुँदैन। केही भन्नको साथ सदा समस्यामा पर्छु। यसैकारण सहायक प्रशिक्षकले केही भनिरहेका छन् भने उनको कुरालाई मान्नु पर्नेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement