नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदी मङ्गलबार जर्मनीको आफ्नो दुई दिवसीय यात्रा समाप्त गरी अबू धाबीको निम्ति प्रस्थान भएका छन्। प्रधानमन्त्री अबू धाबीमा छोटो बसाईमा संयुक्त अरब अमीरातका पूर्व राष्ट्रपति एवं अबू धाबीका शासक शेख खलीफा बिन जायद अल नाहयानको निधनमा आफ्नो व्यक्तिगत समवेदना व्यक्त गर्नेछन्। प्रधानमन्त्री मोदीले ट्वीट सन्देशमा भने, ‘म एक उत्पादक यात्रापछि जर्मनी छोड़िरहेछु, जस अवधिमा मैले जी-७ शिखर सम्मेलनमा भाग लिए। यसमा धेरै विश्व नेताहरूसित कुराकानी गरे अनि म्यूनिखमा एक स्मरणीय सामुदायिक कार्यक्रममा भाग लिए। हामी वैश्विक कल्याण र समृद्धिलाई प्रोत्साहन दिने उद्देश्यले धेरै विषयहरूमा चर्चा गर्नमा सक्षम थियौं। म जर्मनीका मानिसहरू, जर्मनीका चान्सलर ओलाफ स्कोल्ज र जर्मन सरकारलाई पूरा यात्रामा उनीहरूको आतिथ्यको निम्ति धन्यवाद दिँदछु। मलाई विश्वास छ, आउने समयमा भारत-जर्मनीको मित्रताले नयाँ शिखर छुनेछl’











