२८ जूनः दार्जीलिङ गोर्खा हिल स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित जशोदा गिरी स्मृति फर्ष्ट डीविजन फूटबल लीगमा च्यालेञ्जर स्पोर्टिंग क्लबले रोमाञ्चक जीत हासिल गऱ्यो। दार्जीलिङको लेबोंग स्टेडियममा बुधवार खेलिएको म्याचमा च्यालेञ्जर स्पोर्टिंग क्लबले अभिवृद्धि फूटबल क्लबलाई २-१-ले पराजित गऱ्यो। ग्रुप ए-को यस म्याचमा विजेता टीमबाट उज्ज्वल गुरुङ र राहुल तामाङले गोल गरे। यसरी अभिवृद्धि एफसी-बाट छोग्याल तामाङले गोल गरे। म्याचमा रेफरीको भूमिका छेडुप यल्मोले निर्वाह गरेका थिए। यसरी सहायकको भूमिकामा रेमण्ड तामाङ र पवन थामी रहेका थिए। यस लीगमा जम्मा ९ वटा टीमले हिस्सा लिएको छ। यी टीमहरूलाई दुईवटा ग्रुपमा बाँड़िएको छ। टुर्नामेण्टको नक्आउट चरणको तारिख अहिले घोषणा गरिएको छैन।