गान्तोक: पश्चिम पाण्डाम निर्वाचन क्षेत्रका पूर्व पञ्चायत अध्यक्ष टेक बहादुर राईले आज एसकेएम पार्टीको झण्डा समाते। आज एसकेएम पार्टीमा सामेल भएका राईले एसडीएफ पार्टीलाई शुरूदेखि नै सहयोग गर्दै साथै पार्टीको निम्ति ग्रामीणस्तरमा सक्रियरूपमा भूमिका निर्वाह गर्दै आइरहेका थिए। तर वर्तमान परिपेक्ष्यमा एसडीएफ पार्टीको नीति र सिद्धान्त मन नपराएपछि उनले एसकेएम पार्टीमा सामेल हुने इच्छा व्यक्त गरेको बताएका छन्। आज उनलाई शहरी विकास एवम आवास विभाग मन्त्री एलबी दास र वार्ड पञ्चायत कुसुम तामाङले पार्टीमा खदाअर्पण गर्ने स्वागत जनाए। अबोप्रान्त एसकेएम पार्टीको नीति र सिद्धान्तलाई शिरोपर राखेर काम गर्नुपर्ने मन्त्री दासले उनलाई आग्रह गरेका छन्।