रामपूरे फरेष्टमा हाम्रो पार्टीको चूनावी सभा

IMG-20230628-WA0324.jpg

पहाडमा जनताको राज ल्याउँन एकबद्व बनौ: सन्नी बम्जन

दार्जीलिङ: गोर्खा संयुक्त गठबन्धन उम्मेद्वार को चूनावी प्रचार प्रसारमा ओर्लिए हाम्रो पार्टी। तकदाह ग्लेनवर्ण समष्टि अन्तर्गत रामपूरे फरेष्टमा आज हाम्रो पार्टीको सभा सम्पन्न भयो। आयोजित सभामा हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव क्षेत्रिया सभासद सन्नी बम्जन विशेष रूपमा उपस्थित रहेका थिए। दुई घण्टा भन्दा लामो समयसम्म चलेको बैठकपछि हाम्रो पार्टीको केन्द्रीय कार्यकर्ता एंव क्षेत्रिया सभासद सन्नी बम्जनले रामपूर फरेष्ट ग्राम पंचायत क्षेत्रबाट हाम्रो पार्टीले पार्टी उम्मेद्वार खडा गरेका थिए अनि उनको जीत तय थियो तर उम्मेद्वारहरूको कागज पत्र जाँचको अवधि हाम्रो पार्टीको उम्मेद्वार वहिनीको उमेर दुई महिना नपूग्दा उनको नामकंन पत्र रद्व भएपछि अन्य पार्टीको उम्मेद्वार निर्विरोध निर्वाचित भएका छन भन्ने बम्जनले बताए। तिनले अधि भने रामपूरे फरेष्टको पल्लो गाउँबाट पंचायत समितिको चूनावी मैदानमा खडा भएका निकिता बराईलीलाई विजय बनाउँने निर्णय लिएका छौ बम्जनले भने।तिनले अधि भने रामपूरे फरेष्टका बासिन्दाहरूले हाम्रो पार्टी र पार्टी अध्यक्ष अजय एडवाडर्सको भरोसाशील क्षेत्र भएका हुनाले यस क्षेत्रबाट निकिता बराइलीलाई ब्यापक भोट दिएर विजय तुलाउँन छन भन्ने आफु आशाबादी रहेको क्षेत्रिया सभासद बम्जनले बताए।आजको सभामा स्थानीय रामपूरे फरेष्टका बासिन्दाहरूको अपार भीड रहेको थियो भने उक्त भीडले पंचायत समितिको उम्मेद्वार निकिता बराइलीलाई खदा लगाउँदै जीतको शुभेकामना दिए।स्मरण रहोस आगमी ८ जुलाईको दिन मतदान हुने ग्राम पंचायत र पंचायत समितिको चूनावमा खडा भएका हाम्रो पार्टीको उम्मेद्वारहरू साथै गोर्खा संयुक्त गठबन्धनको उम्मेद्वार हरूको पक्षमा हाम्रो पार्टीले आफ्नो पक्षबाट चूनावी प्रचार प्रसारहरू चलाउँदै आई रहेका छन भने अब हुने पंचायत चूनावको माध्यमद्वारा पहाडमा जनताको राज ल्याउँन पर्छ भन्ने उपस्थित भीडलाई सभासद सन्नी बम्जनले आहवान गरयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement