भारतको आजादीको अमृत महोत्सवमा क्यूबाले जारी गर्यो विशेष डाक टिकट

नयाँ दिल्ली: भारतको आजादीको अमृत महोत्सवमा क्यूबाले विशेष डाक टिकट जारी गरेको छ। भारत र क्यूबाबीच विदेश कार्यालय परामर्शमा भारतबाट चामल आयातको निम्ति १० करोड़ यूरोको ऋण समझौतामा हस्ताक्षर गरिएको छ। भारत र क्यूबाबीच सम्बन्धहरूलाई बलियो बनाउनका लागि विदेश कार्यालय परामर्शको प्रक्रिया शुरू गरिएको छ। परामर्शको दोस्रो वार्तामा भारतीय पक्षको नेतृत्व विदेश सचिव सौरभ कुमारले गरे भने क्यूबाको तर्फबाट विदेश मामिलाहरूका उपमन्त्री अन्यासली रोड्रिग्ज कमेजो यस वार्तामा सामेल रहे। क्यूबाको राजधानी हवानामा भएको यस बैठकमा भारतबाट क्यूबालाई चामल आयातको निम्ति १० करोड़ यूरोको अल्पकालिक ऋण अनुमति गर्नमा सहमति बन्यो। दुवै देशबीच यस ऋण समझौतामा हस्ताक्षर गरियो। यस ऋणको मद्दतले क्यूबाले आफ्नो आवश्यकताहरूको निम्ति भारतबाट चामल आयात गर्नसक्नेछ। यस समय भारतको आजादीको ७५औं वार्षिकीको अवसरमा आजादीको अमृत महोत्सव मनाइँदैछ। वार्तामा क्यूबाले भारतको आजादीको अमृत महोत्सवको अवसरमा विशेष डाक टिकट पनि जारी गरेको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले ट्वीट गरे, ‘विदेश सचिव सौरभ कुमारले क्यूबाका उप प्रधानमन्त्री केब्रिसस र विदेश मामिलाहरूका कार्यवाहक मन्त्री गेरार्डो पेनालवर पोर्टाको साथ पनि भेट गरी विचार विमर्श गरेl’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement