पदम गुरूङको निधनमा निष्पष अनि समयमा जॉंचको माग

IMG-20230628-WA0381.jpg

गान्तोकः सिटिजन एक्सन पार्टी (क्याप) ले नाम्ची सरकारी महाविद्यालयको विद्यार्थी प्रतिनिधि परिषदका अध्यक्ष पदम गुरूङको रहस्यमय परिस्थितिहरूमा असामयिक निधनप्रति दुःख व्यक्त गरेको छ।

क्यापको अखिल सिक्किम विद्यार्थी कल्याण परिषदका अध्यक्ष एवं पूर्व एसआरसी अध्यक्ष बिबेक गुरूङले विद्यार्थीहरूको पक्षमा यस मामिलामा निष्पक्ष अनि समयमा जॉंचको माग गरेका छन्। उनले आज जारी प्रेस विज्ञप्तिमा पदम गुरूङको निधनसॅंगै एक होनहार अनि समर्पित विद्यार्थी नेता गुमाएको बताएका छन्।

सिक्किम पुलिसले पदम गुरूङको असामयिक अनि अप्राकृतिक मृत्युको वास्तविक कारण समयमा पत्तो लगाउने छ भनी उनले आशा व्यक्त गरेका छन्। उनले शोक सन्तप्त परिवारप्रति हार्दिक समवेदना पनि व्यक्त गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement