भानु जयन्ती समारोहको आयोजनलाई लिएर तयारी बैठक

si-7

गेजिङः आगामी भानु जयन्ती समारोहलाई लिएर आज जिल्लापाल वाईडी योङ्गदाको अध्यक्षतामा एक तयारी बैठक बस्यो। जिल्ला प्रशासनिक केन्द्रको सम्मेलन हलमा बसेको बैठकमा जिल्लाका विभाग प्रमुखहरू, पश्चिम सिक्किम साहित्य प्रकाशनका र क्योङ्गसा सर्व सेवा संगठनका प्रतिनिधिहरू सहभागी थिए।

बैठकमा जिल्लापाल योङ्गदाको नेतृत्वमा समारोह समिति गठन गरियो। बैठकमा समारोह सम्बन्धित विभिन्न तयारी कार्यहरूमाथि चर्चा गरियो। यसैगरी, विभागहरूलाई जिम्मेवारीहरू पनि सुम्पियो। जिल्लापालले समारोहको सफल आयोजन सुनिश्चित गर्न सबै पक्षबाट समर्थन अनि सहकार्यको निम्ति आह्वान गरिन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement