चामलिङको वयानप्रति एसकेएम नारीशक्तिको ठाड़ो खण्डन

IMG-20230628-WA0373.jpg

गान्तोक: एक कलाकारको नृत्यलाई सामाजिक संजालमा भाइरल गराएर उक्त नृत्य कलाकारको बदनाम गराउने प्रयासको सिक्किम क्रान्तिकारी मोर्चा पार्टी नारीशक्तिले कडारूपमा खण्डन गरेको छ। आज राजधानीस्थित एसकेएम पार्टी मुख्यालयमा आयोजित एक पत्रकार सम्मेलनवाई सम्बोधन गर्दै नारी शक्तिकी शिर्ष नेतृत्वहरूले एसडीएफ पार्टीका सामाजिक संजाल प्रयोगकर्ताहरूलाई तीन दिनभित्र सजाय दिनुपर्ने पनि माग गरेका छन्। पत्रकारहरूलाई सम्बोधन गर्दै नारीशक्तिकी महासचिव पुजा शर्माले कलाको थुप्रै विदा हुने गरेको र त्यही विदा अनुरुप उक्त छोरीले आफ्नो कला प्रदर्शन गरेको बताइन्। तर यसरी उनको कलालाई पूर्व मुख्यमन्त्री पवन चामलिङ अनि उनको समर्थकहरूले अर्कै रुप दिएर उक्त कलाकारलाई बदनाम गराउन खोज्नु सरासर कलाको अपमान साथै राज्यभरीको नारीहरूको अपमान रहेको दाबी गरिन्। उक्त नानीको कला हेर्दा साँच्चै उनी अतिनै दक्ष रहेको र आगामी दिनमा उनले विश्वमा नै सिक्किम राज्यको नाम रोशन गर्नसक्ने सम्भावना रहेको उनले बताइन्। तर प्रारम्भिक समयमा नै उनको कलाको घाँटी निमोठने प्रयास पवन चामलिङ लगायत उनका समर्थहरूको गर्ने प्रयास गरेकोमा आपत्ति जनाउँदै खण्डन गरिन्

यसै क्रममा नारी शक्तिकी अध्यक्ष कला राईले उक्त नानीले नृत्य गरेको समय आफू स्वयं पनि कार्यक्रममा उपस्थित रहेको र साँच्चै उनको कला देखेर आफू पनि प्रभावित बनेकी बताइन्। उनको कलाको प्रशंसा हुने कुरामा विश्वस्त रहेको तर उनको कलालाई गलत रुप दिन खोज्दा आफू अचम्म परेको जानकारी गराइन्। राजनीति गर्नु सबैको मौलिक अधिकार हो तर नारीको अस्मितालाई दाउमा राखेर राजनीति गर्नु असह्य रहेको उनले बताइन्। २५ वर्ष सिक्किम चलाउने पवन चामलिङ इज्जतको पात्र हुन् तर उनको यस्तो व्यवहारले गर्दा उनलाई गाली गर्न बाध्य भएको अवगत गराइन्।

नारीको इज्जतलाई ढाल बनाएर राजनीति गर्नु पवन चामलिङको पुरानो बानी रहेको तर अब कसैले नसहने बताउँदै पवन चामलिङले सार्वजनिक रुपमा माफ माग्नुपर्ने उनले माग गरेकी छन्। एसकेएम सरकारले नारीहरूलाई राजनीति अनि अन्य व्यवसाय गर्नको निम्ति सकारात्मक माहौलको सिर्जना गरिरहेको पनि उनले बताए। यसी नै नारी शक्तिका नेतृत्वद्य छुङछुङ भुटिया अनि छिरीङ पाल्देन भोटियाले नारीहरूलाई प्रयोग गरेर राजनीतिक रोटी नसक्ने अपील गर्दै कलाकारको बदनाम गराउन चाहनेहरूलाई कड़ा भन्दा कडा सजाय दिनु पर्ने माग गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement