महिलाहरुमाथि राजनैतिक हिंसा बन्द हुनुपर्छः बित्रा आचार्य

si-7

गान्तोकः सिटिजन एक्सन पार्टीको महिला परिषदले एक कार्यक्रममा नाबालिग नानीले प्रस्तुत गरेको नृत्यलाई लिएर उत्पन्न विवादमाथि आफ्नो प्रतिक्रिया दिएको छ। परिषदले बालिकाको कलामाथि प्रश्न चिन्ह खडा गरेर राजनीति गरिएको आरोप लगाउॅंदै यसलाई अतिनै दुःखद विषय बताएको छ।

महिला परिषदकी अध्यक्षा बित्रा आचार्यले आज जारी प्रेस विज्ञप्तिमा भनेकी छन्, ‘महिलाहरुमाथि यस्तो प्रकारको राजनैतिक हिंसा बन्द हुनुपर्छ। आफ्नो रुची, कला अनि प्रतिभालाई अघि लिएर जाने सबै मानव जातिलाई अधिकार छ भने महिलाहरुमाथि मात्र यस्ता नकारात्मक टिप्पणी गरिनु न्यायसंगत पटक्कै होइन। यो अपराध हो, महिलाहरुमाथि यो हिंसा हो।’

अध्यक्षा आचार्यले यस घटनाको घोर निन्दा गर्दै सरकारको पक्षबाट त्यो भिडियो सामाजिक संजालमा कसको माध्यमबाट आयो र त्यो भिडियोमाथि कुन-कुन व्यक्तिहरुले नकारात्मक टिप्पणी गरेका छन् ती सबैमाथि कानुनी कार्वाही गरेर ती सानी किशोरी अनि उनको परिवारलाई न्याय दिनुपर्छ भन्ने माग गरेकी छिन्।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement