पुलिसको आँखा छलेर भाग्न सफल मोस्ट वान्टेड चोर ‘पटल’

IMG-20230528-WA0320-5-300x172-1

सिलगढी: सिलगढीको मोस्ट वान्टेड चोर ‘पटल’ एकपल्ट फेरि पुलिसको आँखा छलेर भागेको छ। धेरै समय अघिदेखि पुलिसले ‘पटल’ को खोजी गरिरहेको थियो भने ‘पटल’ लाई पक्रन पुलिस सफल पनि भएको थियो। तर धेरै दिनसम्म तिनलाई थुनुवामा राख्न भने सकेनन। ‘पटल’ पुलिस रिमान्डबाट भागेको बताइएको छ। प्राप्त जानकारी अनुसार केही दिन अघि विधान मार्केटको एउटा दोकानबाट लाखौँ रुपियाँको चोरी भएको थियो। घटनाको जाँचमा जुटेका पानीट्याङ्की आउटपोस्ट पुलिसले गत २६ जुनमा ‘पटल’ नाम गरेको एकजना युवकलाई पक्राउ गरेपछि अदालतमा पेश गरेर ५ दिनको पुलिस हिरासतमा लिएको थियो। यसैबीच हिजो ‘पटल’ को मेडिकल जाँच अवधि तिनी पुलिसको आँखा छलेर भाग्न सफल भएको छ। यस विषयमा एडीसीपी शुभेन्द्र कुमारले भने, आरोपी यसभन्दा अघि पनि हिरासतबाट भागेको थियो। पुलिसले विभिन्न ठाउँमा आरोपी ‘पटल’ को खोजी शुरू गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement