भारी मात्रामा ब्राउन शुगरको साथ दुई ड्रग्स तस्कर पक्राउ

Hand-Cuff-3-6

धुबड़ी: धुबड़ी पुलिसको ड्रग्स निरोधी अभियान जारी छ। आज पुलिसको कारबाहीमा भारी मात्रामा ब्राउन शुगरको साथ दुई ड्रग्स तस्करलाई पक्राउ गरियो। जानकारीअनुसार, धुबड़ीको वार्ड नम्बर ९ स्थित बहु बजारमा एउटा कुखुराको पसलमा राति छापा मारियो। धुबड़ीको वार्ड नम्बर ७ निवासी कुख्यात ड्रग्स माफिया अब्दुल समीर धेरै वर्षदेखि लागूऔषदको ऱ्याकेट चलाइरहेको थियो। गत केही दिनदेखि ड्रग्स माफिया पुलिसको डरले लुक्दै हिँड़िरहेको थियो।

हिजो राति धुबड़ी जिल्लाको नवनियक्त पुलिस अधीक्षक नवीन सिंहको नेतृत्वमा गुप्त सूचनाको आधारमा धुबड़ी सदर थाना पुलिसको एउटा ठूलो टीमलाई साथ लिएर बहु बजारमा आईजी रोड निवासी राजा शेख नाम गरेको एक अन्य ड्रग्स माफियाको कुखुराको पसलमा छापा माऱ्यो। छापामारीमा पुलिसले भारी मात्रामा ब्राउन शुगरको साथ राजा शेखसहित दुई ड्रग्स माफियालाई पक्राउ गऱ्यो। उनीहरूलाई धुबड़ी सदर पुलिस स्टेशन लगियो। अहिले धुबड़ी सदर पुलिस स्टेशनमा दुवै ड्रग्स माफियासित सोधपुछ जारी छ। -हिस

About Author

Advertisement