कामरूप: विश्व ब्यांकको एउटा टीम बुधबार जिल्लाको रंगिया टाउन पुग्यो। रंगियामा सोनाली एफपीसी कार्यालयमा आयोजित एक बैठकमा टीमले किसानहरूको वित्तीय लेनदेनसित सम्बद्ध विभिन्न पहलुहरूमाथि किसानहरूको साथ चर्चा गऱ्यो। विश्व ब्यांकको वाशिङ्गटन डीसीका वित्त अधिकारी तोशियाकी ओनोले किसानहरूलाई उनीहरूले खेतीपातीको निम्ति धनको जोगाड कसरी गर्छन्, खासगरी बिउँ, उर्वरक र कीटनाशक किन्नका लागि कसरी पूञ्जीको जोगाड गर्छन् भनी विस्तारमा सोधे। भविष्यमा किसानहरूलाई वित्तीय राहत प्रदान गर्नका लागि अधिकारीहरू विश्व ब्याङ्कका विभिन्न योजनाहरूलाई शुरू गर्ने उद्देश्यले असममा विभिन्न स्थानहरूमा सर्वेक्षण गरिरहेका छन्।
बैठकको अन्तमा जिल्ला नोडल अफिसर मानस प्रतिम महन्तले पत्रकारहरूसित कुरा गर्दै भने, ‘किसानहरूलाई विभिन्न ब्याङ्कहरूका साथै सरकारद्वारा दिइएको केसीसी ऋण पाउनका लागि ना-ना थरीको धेरै दस्तावेजहरू प्रस्तुत गर्नुपर्छ। उच्च ब्याज दरहरू तिर्नुपर्छl’ यदि विश्व ब्याङ्कले यस सम्बन्धमा किसानहरूलाई एफपीसीको माध्यमले कम ब्याज दरमा किफायती ऋण प्राप्त गर्ने सुविधा प्रदान गरे भविष्यमा किसानहरूलाई धेरै लाभ पुग्नेछ। -हिस