देशी र विदेशी मदिराको साथ चार आरोपितलाई पक्राउ

सिलगढ़ी। सिलगढ़ी मेट्रोपोलिटन पुलिसको प्रधान नगर थाना शाखाले सोमवार अबेर राति अभियान चलाएर भारी मात्रामा देशी र विदेशी मदिराको साथ मन्तोष कुमार मण्डल(२८), महावीर महतो(६०), देवेन्द्र सिंह(५१) र राकेश पाल(४०) नामको चार आरोपितलाई पक्राउ गरेको छ।

पुलिसले दिएको जानकारी अनुसार, प्रधान नगर थाना पुलिसलाई गुप्त सूत्रहरूको तर्फबाट होटलहरूभित्र गैर कानूनी रूपमा मदिरा पस्किरहेको जानकारी प्राप्त भएको थियो। जसपछि प्रधान नगर थाना पलिसले यी होटलहरूमा अभियान शुरू गऱ्यो। अभियानमा पुलिसले चार होटलहरूबाट लगभग 60 हजार रूपियाँको देशी र विदेशी मदिरा जफत गऱ्यो। त्यही, अवैध रूपमा मदिरा बेचेको आरोपमा होटलहरूका चार जना कर्मीलाई पनि पक्राउ गरियो। प्रधान नगर थाना पुलिस अघिको कारबाहीमा जुटेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement