दिसाङ रिसोर्ट परिसरमा आगलागी हुँदा लाखौंको क्षति

Fire-copy

गुवाहाटी: गुवाहाटीमा सोनापुर थानाअन्तर्गत पाटरकची क्षेत्रमा राष्ट्रिय राजमार्ग-३७ छेउ स्थित दिसाङ रिसोर्टमा बुधबार बिहानै अचानक आगो लाग्दा क्षेत्रमा अफरा-तफरी मचियो। घटनाको सम्बन्धमा रिसोर्ट मालिक दिलीप गोगोईले बताए, आज बिहानै लगभग ४ बजे दिसाङ रिसोर्ट परिसरमा बनाइएको अस्थायी पण्डालमा अचानक आगो लाग्यो। घटनाको जानकारी पाउनसाथ घटनास्थलमा पुगेको अग्निशमनको टीमले अथक प्रयासपछि आगो निभायो। आगो निभाउञ्जेलसम्म पण्डाल पूर्ण रूपमा जलिसकेको थियो। यद्यपि, आगो कसरी लाग्यो, जसको जानकारी पाइएको छैन। सम्भवतः सटसर्किटको कारण आगो लागेको हुनसक्छ।

उनले थप भने, ‘हाम्रो तर्फबाट पूरा सावधानी अपनाइएको थियो। हिजो राति पण्डालमा एक बिहे समारोहको आयोजना गरिएको थियो। ११ बजे बिहे समारोह सम्पन्न भयो। जसपछि सबै जना आ-आफ्नो घर फर्केका थिए। आगोबाट कतिको नोकसान भएको छ, यसको आंकलन गरिने काम जारी छ। लगभग ५० देखि ६० लाख रूपियाँको समान पूर्ण रूपमा जल्यो। सोनापुर क्षेत्रमा दिसाङ रिसोर्ट सबैभऩ्दा पुरानो रिसोर्ट हो। पुलिसले एक प्राथमिकी दर्ता गरी मामिलाको जाँच गरिरहेछ। -हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement