कुचबिहार: पञ्चायत निर्वाचनलाई लिएर दिनहाटाको वातावरण फेरि तातेको छ। दिनहाटा २ ब्लकको शालामारा क्षेत्रमा भाजपा उम्मेदवारका श्रीमानमाथि तृणमूलले आक्रमण गरेको आरोप लगाइएको छ। घटनामा गम्भीर घाइते भएका उनलाई दिनहाटा डिभिजन अस्पतालमा भर्ना गरिएको छ। भाजपा उम्मेदवार नीरावला बर्मनले उनका श्रीमान् अहिन्द्र बर्मनलाई आज दिउँसो तृणमूलका बदमाशहरूले आक्रमण गरेको आरोप लगाएकी छन्। उनले आफू भाजपाका उम्मेदवार भएकाले तृणमूल कांग्रेसले आफूमाथि आक्रमण गरेको आरोप लगाए। यद्यपी तृणमूल कांग्रेसले उक्त आरोपको खण्डन गरेको छ।