सिलगढीः जलढाका नदी तर्ने क्रममा दुई जनाको डुबेर मृत्यु भएको छ। यो घटनाका कारण मैनागढी ब्लकको झारुवापाडा क्षेत्रमा सनसनी फैलिएको छ। घटनाको जानकारी पाएलगत्तै मैनागढी थानाको पुलिस घटनास्थल पुगेको थियो। धुपगढी थानाको पुलिसले पनि विपरित दिशाबाट खोजी गरिरहेको छ। स्थानीय स्रोतका अनुसार बुधबार बिहान करिब दुईजना जलढाका नदी छेउछाउको गधेयाकुटी क्षेत्रबाट नदी तर्दै थिए। त्यही क्रममा अचानक बीचको खोलामा डुबेको थियो। मानिसहरूले डुङ्गा लगे तर फेला पार्न नसकेको बताइएको छ। यसैबीच घटनाको जानकारी पाएलगत्तै मैनागढी पुलिस र उद्धार टोली पुगेको थियो। तर उनीहरू अझै पत्ता नलागेको समाचार छ।