मिरिकलाई प्लास्टिक मुक्त बनाउन सचेतना अभियान

मिरिक: राज्य सरकारले आउँदो १ जुलाईदेखि ७५ माइक्रोन मुनिको प्लास्टिक प्रयोगमा प्रबिन्ध लगाइएको छ। यसै विषयलाई लिएर आज मिरिक नगरपालिका लेट्स गो फाउण्डेसनको संयुक्त आयोजनामा मिरिकमा एक सचेतना र्याली आयोजना गरियो। र्याली मिरिक बाईपासबाट शुरू भएर बजार हुँदै कृष्णनगरको परिक्रमा गरेपछि समापन गरियो। र्यालीमा मिरिक नगरपालिका बडी आमा ममता सुब्बा, सेनिटेरी अफिसर महेन्द्र प्रधान, लेट्स गो फाण्डेशनका सचिव श्रीदर्शन गुरूङ, मिरिक क्षेत्रभरिको स्वनिर्भर समूहका प्रतिनिधिहरू अनि अन्य सामाजिक संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो। यस प्रसंगमा बोल्दै लेट्स गो फाण्डेशना सचिव श्रीदर्शन गुरूङले भने, ‘आउँदो १ जुलाईदेखि ७५ माइक्रोन मुनिको प्लास्टिकमाथि प्रतिबन्ध लगाइएको छ भने सोही विषयलाई केन्द्र गरेर आज एक सचेतना र्यालीको इयोजना गरेका हौl’ जसमा मिरिकको गैर सरकारी संस्था अनि क्षेत्रको ६५ वटा स्वनिर्भर समुहका प्रतिनिधिहरूले अंश ग्रहण गरेका छन्। प्लास्टिकको प्रयोगमा प्रतिबन्ध लागेपछि यी स्वनिर्भर समुहहरूले बैकल्पिक झोलाहरू निर्माण गर्ने उनले बताए। यता मिरिक नगरपालिकाका सेनिटेरी अफिसर महेन्द्र प्रधानले भने, ‘आज एक सचेतना र्यालीको आयोजना गर्दै आगामी एक जुलाईदेखि प्लास्टिक प्रयोग नगरिदिने आह्वान गरेl प्लास्टिक प्रयोगमा ल्याएको थाहा पाएको खण्डमा विक्रेतालाई पाँच सय रूपियाँ अनि क्रेतालाई पचास रूपियाँ जरिमाना लगाइने पनि उनले बताएका छन्।
Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *