एफआई२२ को चौथो त्रैमासिकमा बन्धन ब्यांकको व्यवसायमा बलियो वृद्धि

Bandhan-Bank
  • ३१मार्च २०२२ सम्म कुल ग्राहक आधार २.६३ करोड
  • क्यु४ एफवाई’२२ शुद्ध नाफा १७४७% वाईओवाईमा रु. १९०२.३ करोड

कोलकाता: समावेशी ब्याँकिंग उन्मुख युनिभर्सल ब्यांक, बन्धन ब्यांकले आर्थिक वर्ष २०२१-२२ को अन्तिम त्रैमासिकको वित्तीय नतिजा सार्वजनिक गरेको छ। अर्थतन्त्र बलियो रूपमा ट्रयाकमा फर्किएपछि, ब्यांकको व्यापार बलियो भयो। ब्यांकको कुल व्यवसाय (निक्षेप र अग्रिम) १८.६% वार्षिक रूपमा बढेर ३१ मार्च २०२२ सम्म लगभग १.९६ लाख करोड रुपियाँ पुग्यो। ब्यांकले भारतका ३६ राज्य र केन्द्र शासित प्रदेशहरू मध्ये ३४ मा ५६३९ ब्याँकिंग आउटलेटहरू मार्फत २.६३ करोड ग्राहकहरूलाई सेवा प्रदान गर्दछ। बन्धन ब्यांकको कुल कर्मचारी संख्या ६०२११ छ।

चालु आर्थिक वर्षको चौथो त्रैमासमा ब्यांकको निक्षेप गत आवको सोही अवधिको तुलनामा २४ प्रतिशतले बढेको छ। कुल निक्षेप अहिले ९६,३३१ करोड रुपियाँ छ। यस अवधिमा ब्यांकको खुद्रा निक्षेप पुस्तिका उल्लेखनीय रूपमा बढेको छ र वार्षिक रूपमा २१% बढेर रु. ७४,४४१ करोड पुगेको छ। चालु खाता र बचत खाता (सीएएसए) लेजर वार्षिक रूपमा १८% ले बढेको छ र अहिले सीएएसए अनुपात समग्र निक्षेप खाताको ४१.६% छ। अग्रिमको सन्दर्भमा ब्यांकले अघिल्लो वर्षको सोही त्रैमासिकको तुलनामा १६% वृद्धि दर्ता गरेको छ र कुल अग्रिम अहिले रू. ९९,३३८ करोड रहेको छ। पुँजी पर्याप्तता अनुपात (सीएआर) २०.१ हो, जसले ब्यांकको स्थिरतालाई जनाउँछ जुन नियामक आवश्यकता भन्दा धेरै उच्च छ।

देशभरका आफ्ना ग्राहकहरूलाई सेवा दिनको लागि बन्धन ब्यांकले भारतभर आफ्नो उपस्थिति विविधीकरण गर्न र एसएमई लोन, गोल्ड लोन, पर्सनल लोन र अटो लोन जस्ता क्षेत्रमा आफ्नो उत्पादन पोर्टफोलियो विस्तार गर्नमा ध्यान केन्द्रित गरिरहेको छ। नतिजाको बारेमा विस्तृतमा, प्रबन्ध निर्देशक र प्रमुख कार्यकारी अधिकृत चन्द्रशेखर घोषले भने, “ब्यांकले आर्थिक वर्ष २०२२ को चौथो त्रैमासिकमा बलियो प्रदर्शनका साथ आफ्नो लचिलोपनलाई पुन: प्रमाणित गरेको छ। हाम्रो व्यापार मोडेलमा हाम्रो विश्वास अझ बलियो भएको छ। हामी हाम्रा ग्राहकहरूलाई उनीहरूको निरन्तर विश्वास र समर्थनको लागि धन्यवाद दिन्छौं, जसले बन्धन ब्यांकलाई लाखौं भारतीयहरूको लागि रुचाइएको ब्याँकिंग साझेदार बनाएको छ।”

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *