पूर्वी चम्पारण: नेपालसॅंग सीमाना जोडिएको रक्सोल शहरस्थित भारतीय ब्याङ्कहरूमा विदेशी मुद्रा एक्सचेन्ज गर्ने व्यवस्था नभएकाले यस क्षेत्रमा अवैध हुण्डी (सटही) व्यापार निकै फस्टाएको छ। यसको खुलासा लगातार भारी रकमका साथ भइरहेको पक्राउले स्पष्ट हुँदछ। यस क्रममा एक हुण्डी व्यापारीलाई नेपाल पुलिसले आठ लाख रूपियाँको साथमा पक्राउ गरेको छ। बुधबार उक्त जानकारी नेपाल पुलिसका डीएसपी दीपक गिरीले दिएका हुन्। उनले भने, ‘भारतको रक्सोल शहरदेखि वीरगंज आइरहेको एउटा मोटरसाइकललाई वीरगंज महानगरपालिकाको वार्ड नम्बर १६ स्थित इनरवा पुलिस चौकीले रोकेर जाँच गऱ्यो। यसावधि उसको हेलमेटभित्र लुकाएर राखेको नेपाली १ हजारको ८ सय नोट भेटियो।
हुण्डी व्यापारी परसौनी गाउॅं पालिका वार्ड नम्बर २ निवासी ३३ वर्षीय सुनील साह हुन्। उसले राशिको स्रोत बताउन सकेनन्। उनी अवैध हुण्डी व्यापारीको निम्ति केरियरको काम गर्ने हुनसक्ने आशंका व्यक्त गरिएको छ। पुलिसले आरोपित विरूद्ध कानूनी कारबाही शुरू गरेको छ। -हिस