२८ जूनः मिक्स-अप् सेभेन, बुद्ध ग्राम (खरसाङ)-को तत्त्वावधानमा आउँदो १२ जुलाईदेखि सेभेन ए साइड नक्आउट फूटबल टुर्नामेण्टको आयोजन गरिनेछ। स्थानीय मण्टिभियट खेल मैदानमा हुने यस टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँ अनि रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टमा जम्मा १६ वटा टीमलाई प्रवेश दिइनेछ। अधिक जानकारीको निम्ति सम्पर्क नम्बरः
९०६४९७४८७९
९६३५३१६५३४










