डबलिन: भारतले यो वर्ष अगस्तमा आयरल्याण्डविरूद्ध तीन म्याचको टी-ट्वेन्टी श्रृंखला खेल्ने छ। मंगलबार आईसीसीले उक्त घोषणा गऱ्यो। तीन म्याच १८ देखि २३ अगस्तबीच डबलिनको मलाहाइडमा आयोजित गरिनेछ। क्रिकेट आयरल्याण्डका मुख्य कार्यकारी वारेन ड्यूट्रोमले आईसीसीलाई उद्धृत गर्दै एक बयानमा भने, १२ महिनामा दोस्रोपल्ट भारतीय टीमलाई आयरल्याण्डमा स्वागत गर्न पाउॅंदा हामी खुशी छौ। यहाँ २०२२ मा दुई म्याच निकै सफल रह्यो, यस कारण यो वर्ष तीन म्याचको श्रृंखला हुने हुनाले हाम्रा प्रशंसकहरूले अझ मनोरन्जक म्याच हेर्न पाउने छन्।
आयरल्याण्ड बनाम भारत टी-ट्वेन्टी श्रृंखलाको कार्यक्रम-
१८ अगस्तः पहिलो टी-ट्वेन्टी म्याच (मलाहाइड)
२० अगस्तः दोस्रो टी-ट्वेन्टी म्याच (मलाहाइड)
२३ अगस्तः तेस्रो टी-ट्वेन्टी म्याच (मलाहाइड)। -हिस