कोलकाता: सागसब्जीको महँगाइले सर्वसाधारण मर्कामा परेका छन्l अहिले टमाटर जति रातो भएको महँगाइले पनि सबैलाई उस्तै रातोपिरो बनाइरहेको छ। अहिलेसम्म ४० रुपियाँ प्रतिकिलोमा बिक्री हुने टमाटर एकाएक सय रुपियाँमा पुगेको छ। मंगलबार ताल बजार, माणिकतला, नयाँ बजार, कोले बजार, जादुबाबु बजारमा टमाटरको मूल्य प्रतिकिलो सय रुपियाँ थियो। पश्चिम बंगालमा मात्र नभई दिल्ली, यूपी, कर्नाटक, तेलंगानालगायतका राज्यमा टमाटर १०० रुपियाँ प्रतिकिलोमा बिक्री भइरहेको छ। टमाटरको भाउ अझै बढ्न सक्ने बजार विश्लेषकहरुले बताएका छन्। मौसम र वर्षामा ढिलाइका कारण टमाटरको भाउ बढेको बताइएको छ। माग र आपूर्तिबीचको तालमेल नमिल्दा मूल्य आकाशिएको हो। राज्यको बजारमा टास्क फोर्सका सदस्य रवीन्द्र नाथ कोलेले भने, ‘चर्को गर्मीका कारण राज्यमा टमाटरको उत्पादन घटेको छ। धेरै टमाटर नष्ट भएको छ। यहाँ राँचीबाट धेरै टमाटर आउँछन्, तर त्यहाँ पनि गर्मीका कारण टमाटर घटेको छ। यी सबै कारणले टमाटरको मूल्य विभिन्न बजारमा सयदेखि एक सय २० रुपियाँसम्म बढेको छ। टमाटर प्रतिकिलोमा पाइन्छl’ बजार विश्लेषकले दक्षिण भारतमा धेरैले यसपटक टमाटरको सट्टा सिमी खेती गर्ने गरेको बताए। जसका कारण टमाटरको मूल्य पनि बढेको छ। सब्जीसँगै तुर अर्थात् अरहर दालको मूल्यले पनि सर्वसाधारणको पसिना छुटाएको छ। अरहर दालको होलसेल मूल्य १३२ रुपियाँ छ। प्रतिकिलो छ भने सामान्य दिनमा भाउ रु १२० देखि रु १२५ सम्म रहेको छ। त्यस्तै, खुद्रा मूल्यमा पनि ठूलो उछाल आएको छ।