नाम्ची: सिक्किमको नाम्ची सरकारी महाविद्यालयका एसआरसी (स्टुडेन्ट रिप्रेजेन्टिभ काउन्सिल) अध्यक्ष पदम गुरुङको मृतदेह आज बिहान फेला परेको छ। प्राप्त जानकारी अनुसार मंगलबार रातिदेखि निखोज भएका दक्षिण सिक्किम नाम्ची छुबा परबिङ निवासी पदम गुरूङको मृतदेह गत राति परेको पानीले भिजेको अवस्थामा आज बिहान काजीटार इलाकाको नालीबाट पुलिसले उद्धार गरेको छ। पुलिसले घटनास्थलबाट मृतदेहलाई उद्धार गरेपछि पोस्टमर्टमको लागि एसटीएनएस अस्पतालमा पठाई दिएको छ।

यसको साथै पुलिसले घटनाको जाँच शुरू गरेको बताएको छ। के कारणले तिनको मृत्यु भएको हो अथवा कसैले हत्या गरेर फ्याँकेको हो भन्ने बारे हालसम्म सठिक पत्तो नलागेको तर पोस्टमर्टम रिपोर्ट पछि नै घटनाको वास्तविकता थाहा लाग्ने पुलिस सूत्रले जनाएको छ।