जंगली हात्तीको उपद्रव: स्थानीय सर्वसाधारण त्रसित

vlcsnap-2023-06-28-12h31m03s115

जलपाइगढ़ी: जलपाइगढ़ी जिल्लाको बानरहाटमा दुईवटा जंगली हात्तीले रातभरि ताण्डव मच्चाएपछि स्थानीय सर्वसाधारण त्रसित बनेका छन्। बानरहाटमा अस्पताल नजिकको क्षेत्रमा अबेर राति दुईवटा हात्ती पसेको बताइएको छ। यसमा एउटा हात्ती चमर्ची मोड़को रेलवे गेट पार गरेर बानरहाटमा बजारमा पस्यो। बानरहाटमा केही बेर बजार घुमेपछि हात्ती बजारमा रहेको औषधि पसलको नजिकैको सड़क छेउको क्लबमा पस्यो। त्यसपछि बानरहाट आदर्शपल्लीको एक नम्बर बस्तीमा हात्ती घुमिरहेको देखियो। खबर पाएलगत्तै वन विभाग बिन्नागढ़ी वन्यजन्तु टोलीका अधिकारी र कर्मचारीहरू बानरहाटमा पुगे। वनकर्मीको गाड़ीको साइरन सुनेर हात्तीले घरको गेट र पर्खाल तोड़ेर चियाबारी तर्फ लाग्यो। त्यसपछि मात्र स्थानीय मानिसहरूले शान्तिको सास फेरे। हात्तीको उपद्रवले सामान्य क्षति भएको छ। वनकर्मीहरूले हात्तीलाई चिया बगानबाट निकालेर जंगलतिर धपाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement