कोलकाता: पश्चिम बंगालमा मनसुन सुरु भएसँगै राज्यका विभिन्न जिल्लामा डेङ्गु सचेतना अभियान सुरु भएको छ। चर्को गर्मीपछि मनसुन बंगालमा प्रवेश गरेको छ। हरेक वर्षझैँ यस वर्ष पनि प्रदेश स्वास्थ्य विभाग डेङ्गु नियन्त्रणका लागि तयारी अवस्थामा छ। प्रदेश सरकारले डेङ्गुबाट बच्न सावधानी अप्नाउन सबै नगरपालिकालाई निर्देशन दिएको छ। यसै सन्दर्भमा भाटपाड़ा नगरपालिकाले आज डेङ्गु सचेतना अभियान सञ्चालन गरेको छ। नगरपालिकाको तर्फबाट र्याली निकालेर जनचेतनामुलक कार्यक्रम गरिएको थियो। सचेतना अभियानमा भाटपारा नगरपालिका खानेपानी विभागका सीआईसी अमित गुप्ता, स्वास्थ्य विभागका सीआईसी नूर जमाल (सर) लगायत नगरपालिकाका पदाधिकारीहरूको सहभागिता रहेको थियो। सबैले डेङ्गुबारे जनचेतना जगाउन नगरपालिकाले विभिन्न प्रचार–प्रसार अभियान सञ्चालन गर्ने बताए। नगरपालिकाका कर्मचारीले पनि घर–घर गएर डेङ्गु सचेतना अभियान सञ्चालन गर्नेछन्।