सिलगढी: सिलगढीको सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले खुट्टी पुजाको माध्यमद्वारा दुर्गा पुजाको तयारी शुरू गरेको छ। प्रत्येक वर्ष सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले आकर्षणीय पुजा मण्डप बनाएर पुजा घुम्न आउने मानिसहरूलाई आकर्षित गर्दै आइरहेको छ। यस पटक आफ्नो ६१ औं वर्षमा विशेष आकर्षणको रूपमा पूजा मण्डपमा राजस्थानको कलाकृति कुँदिएको छ। आज उल्टा रथको दिन सो कमिटीले खुट्टी पुजाको माध्यमद्वारा पुजाको तयारी शुरू गरेको छ। कमिटीका पार्थ दे-ले बताएअनुसार सेन्ट्रल कोलनी दुर्गा पुजा कमिटीले प्रत्येक वर्ष आकर्षणीय पुजा मण्डप बनाएर उत्तर बङ्गालका जनताको मन जित्न सफल भएको छ। यस वर्ष पनि पर्यावरणमैत्री पुजा मण्डपले नगरवासीको ध्यानाकर्षण गर्ने तिनले आशा साँचेका छन्।