वर्ल्ड कपमा म्याचको आयोजन प्राप्त नहुँदा धेरै प्रदेश संघहरू निराश

IMG-20230628-WA0165.jpg

२८ जूनः भारतमा अक्टोबर-नोभेम्बर महिना हुने आईसीसी वनडे वर्ल्ड कपको म्याचहरूको आयोजन हासिल नहुँदा मोहाली र इन्दौरसहित देशका प्रमुख क्रिकेट संघका अधिकारीहरूले निराशा व्यक्त गरेका छन्।अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) र भारतीय क्रिकेट बोर्ड (बीसीसीआई)-ले मंगलवार वर्ल्ड कपको कार्यक्रम घोषणा गऱ्यो, जसमा ५ अक्टोबरदेखि १९ नोभेम्बरसम्म दशवटा शहरहरूमा म्याच खेलिनेछ। यसमा मोहाली, इन्दौर, राजकोट, राँची र नागपुरलाई चाहिँ एउटा म्याच पनि प्राप्त भएन। वर्ल्ड कपका म्याचहरू हैदराबाद, अहमदाबाद, धर्मशाला, दिल्ली, चेन्नई, लखनऊ, पुणे, बेंगलुरु, मुम्बई र कलकत्तामा खेलिनेछ। आईसीसी टुर्नामेण्टहरूमा साधारणत स्थानीय आयोजन समितिद्वारा प्रस्तावित शहरहरूलाई नै स्वीकृति हासिल हुन्छ।
नियमित रूपमा अन्तर्राष्ट्रिय म्याचहरूको आयोजन गरिरहेको इन्दौरलाई वर्ल्ड कपमा एउटा म्याच पनि हासिल भएन। मध्यप्रदेश क्रिकेट संघका अध्यक्ष अभिलाष खाण्डेकरले यसमाथि निराशा व्यक्त गर्दै भने, इन्दौरमा १९८७-मा अष्ट्रेलिया र न्यूजील्याण्डबीच वर्ल्ड कपको म्याच भएको थियो। यसपाली इन्दौरलाई बाहिर गरिँदा हामी दुःखी छौं। बीसीसीआईको के मजबूरी थियो भन्ने हामीलाई थाहा छैन। हामीलाई त म्याचको आयोजन हासिल हुने आशा थियो।
वर्ल्ड कप २०१९-मा ११ वटा शहरमा अनि २०१५-मा १४ वटा शहरमा म्याच भएको थियो। एउटा प्रदेश एकाईका अधिकारीले भने, हामीलाई चार-पाँचवटा महानगरको साथमा क्षेत्रको आधारमा (उत्तर, दक्षिण, पूर्व, पश्चिम) एक-एकवटा म्याच प्राप्त हुने बताइएको थियो। अहमदाबादको स्टेडियम सबैभन्दा ठूलो भएको हुनाले त्यहाँ फाइनल खेलिनेछ। यसबीच पञ्जाबका खेल मन्त्री गुरमीत सिंह मीत हायरले वर्ल्ड कपको आयोजन स्थलहरूमा मोहालीलाई सामेल नगरिएकोमा निन्दा गरेका छन्। उनले आयोजक शहरहरूको चयन राजनीति कारणहरूले प्रेरित रहेको दावी गरे। उल्लेखनीय छ, मोहालीमा यसअघि १९९६ अनि २०११-को वर्ल्ड कपमा महत्त्वपूर्ण म्याचहरूको आयोजन भएको थियो। उनले भने, बीसीसीआईको अगुवाई कसले गरिरहेका छन् भन्ने सबैलाई थाहा छ। यो राजनैतिक प्रेरित फसेला हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement