२८ जूनः अर्जेण्टिनाका दिग्गज फूटबलर लियोनल मेस्सीको आगमन अघि नै मियामी शहर उनको पेण्टिंगले रंगिन थाल्यो। यसको साथमा क्लबको टिकटहरूको बिक्री पनि व्यापक रूपमा बढ़ेको छ। स्थानीय अर्जेण्टिनाई रेष्टुरेण्टको प्रवेशद्वारमा फूटबल स्टारको ठूलो पेण्टिंग लगाइएको छ। यसरी नै शहरमा मेस्सीको १० नम्बर जर्सी (अर्जेण्टिना टीमको) लगाएर मानिसहरूलाई शहरमा घुमिरहेको पनि देखिँदैछ। यस महिना ३६ वर्षका हुने मेस्सीले सात जूनमा उनी इण्टर मियामीमा सामेल हुने घोषणा गरेका थिए। उनको यस्तो फसेलाले फूटबल जगतलाई स्तब्ध पारेको थियो। अमेरिकाको मेजर लीग सकर (एमएलएस)-मा चाहिँ उनको आगमनको खबरले व्यापक उत्साह देखिएको छ।
गत दुई सीजन फ्रान्सको क्लब पेरिस सेण्ट जर्मेनबाट खेल्ने मेस्सी अहिले पनि आफ्नो नयाँ क्लबसँग कागजी कार्वाहीहरूलाई अन्तिम रूप दिइरहेका छन्। उनले २१ जुलाईको दिन लीग कपको म्याचमा क्रूज अजुल विरुद्ध घरेलु मैदानमा इण्टर मियामीबाट पदार्पण गर्ने सम्भावना रहेको छ। मेस्सीको आगमनपछि २०२६ वर्ल्ड कप अघि मेजर लीग सकरमा मानिसहरूका रूची अझ बढ़्न सक्छ कारण अमेरिका फिफा वर्ल्ड कपको संयुक्त आयोजक पनि हो।
मेस्सीले मेजर लीग सकरमा खेल्ने घोषणा गरेपछि इण्टर मियामीको म्याचहरूको टिकट मूल्यले आकाश छुएको छ। टीमहरूले लीग शुरु हुन अघि नै म्याचहरूको निम्ति अतिरिक्त टिकट बिक्री गरिरहेको छ। टिकट खरीद अनि बिक्री गर्ने विविड सीट्स-द्वारा उपलब्ध गराइएको आँकड़ा अनुसार, क्रूज अजूल विरुद्ध इण्टर मियामीको म्याचको औसत टिकट मूल्य ६ जूनसम्म १२६ अमेरिकी डलर (लगभग १०,३२९ रुपियाँ) थियो। अहिले त्यही टिकटको दाम बढ़ेर २,१५१अमेरिकी डलर (लगभग १,७६,३४६ रुपियाँ) पुगेको छ। अर्थात, टिकटको मूल्यमा १,६०७ प्रतिशतको बढ़ोत्तरी भएको छ। टिकट बिक्री गर्ने अझ एउटा कम्पनी सीट ग्रीकमा ६ जूनमा इण्टर मियामीको म्याचको औसत टिकट मूल्य ३४ अमेरिकी डलर (लगभग २,७८७ रुपियाँ) थियो। त्यही टिकटको मूल्य अहिले बढ़ेर १७८ अमेरिकी डलर (लगभग १४,५९३ रुपियाँ) भएको छ।