गान्तोक: सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यले युवाहरूसँग विभिन्न विषय्माथु चर्चा गरे। विशेष लाघुऔषध दुर्व्यवसन विरुद्ध सचेतना कार्यक्रम तथा प्रतिज्ञा गरेका थुए। भेलालाई सम्बोधन गर्दै उनले लागुऔषधको वृद्धिको मुद्दा उठाए। युवा पुस्ताका बीचमा हुने दुर्व्यवहार जुन समाजका लागि चिन्ताको विषय बनेको छ भन्दै विश्वव्यापी रूपमा र मानवताको लागि गम्भीर खतरा उत्पन्न भएको उल्लेख गरे। समाज परिवर्तनको बारेमा उल्लेख गर्दै उनले लतको समस्याबट बाहिर निस्किनुपर्ने कुरामा जोर दिँदै स्वयं परिवर्तनलाई जोड दिए। उनले व्यक्तिको जीवनमा सकारात्मकता ल्याउन सक्ने उपायहरुबारे प्राकस पारे। पद्मश्री भाइचुङ भुटिया जस्ता सिक्किमका प्रतिष्ठित व्यक्तित्वहरू र ओलम्पिक खेलाड़ी तरुणदीप राईले खेलप्रति देखाएको लतलाई अनुशरण गरर्ने आह्वान गरे। उनले राज्यमा कम जमिनमा पनि जैविक खेती गर्ने प्रतिज्ञा गरेकोमा सिक्किमको प्रशंसा गरे जसले स्वास्थ्यका लागि फाइदा पुग्ने बताए। लागू औषधि दुरुपयोग लाई यसको जराबाट हटाउन प्रोत्साहित गर्दै सिक्किमलाई यस समस्याबाट मुक्त गर्ने उल्लेख गरे। लागुऔषध दुर्व्यसन मुक्त राज्यको रूपमा तयार पार्न सबैको सहभागिता जरूरी बताए। यसबाहेक, उनले बेटी बचाओ बेटी पढ़ाओ जस्ता धेरै क्षेत्रहरूमा सिक्किमको प्रशंसा गरे। उनले सिक्किमका छोरीहरूलाई जीवनका सबै क्षेत्रमा अगाडि बढेकोमा प्रशंसा गरे। जनसङ्ख्याका हिसाबले क्षयरोग निर्मूलन तर्फको यात्रा र स्वच्छ राज्यको रूपमा प्रभावी कार्य गरेको जानकारी गराए। दीप प्रज्वलन र स्वागत सम्बोधन गरी कार्यक्रमको शुभारम्भ भएको थियो। नामिन गाउँका उपाध्यक्ष भास्कर बस्नेतले कार्यक्रमको संक्षिप्त जानकारी गराए। नामिन गाउँका बालबालिकाले उत्कृष्ट सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए। कार्यक्रमको आयोजना नामिन गाउँ, मार्चक जीपीयूले गरेको थियो।