स्वरोजगार विस्तार कार्यमा मंगन जिल्ला सक्रिय

IMG-20230627-WA0402.jpg

गान्तोक: मंगन जिल्लाले विभिन्न क्षेत्रमा दिन प्रतिदिन उन्नति साथै प्रगति गर्दै गइरहेको छ।यसै क्रममा आज मंगन जिल्लाका जिल्लापाल एचके छेत्रीले मायेल धुपको शुभारम्भ गरे। मंगन जिल्लाको सिङगिक सेन्ताममा आयोजित एक कार्यक्रमबीच जिल्लापालले मायेल धुपको शुभारम्भ गरेका हुन्। उक्त कार्यक्रममा पञ्चायत अध्यक्ष लगायत सहकारी विभागका अधिकारी साथै प्रशिणार्थीहरूको पनि सहभागिता रहेको थियो। प्राप्त जानकारी अनुसार गत १६ जूनदेखि धूप बनाउने कार्यको थाल्नी भएको हो भने यस कार्यमा ४५ भन्दा अधिक सेल्फ हेल्प ग्रुपका सदस्यहरू सामेल रहेका छन्। प्रधानमन्त्री वनधन योजना अन्तर्गत मायेल वनधन विकास केन्द्र शुरू गरिएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै जिल्लापाल छेत्रीले यस प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेकोमा प्रशिक्षार्थीहरूलाई बधाई दिँदै उक्त योजनालाई पूर्णरूपमा सफल बनाउन पर्याप्त बजार व्यवस्थापनको खाँचो र आवश्यकता रहेको विषयमा जोर दिए। उनले उत्पादन र बिक्रीका लागि जिल्ला प्रशासन कार्यालयबाट सक्दो सहयोग गर्ने आश्वासन दिएका छन्।.
.

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement