बीएसएफको गाडी र टेलिकम कम्पनीको गाडी ठोक्किँदा चारजना घाइते

Screenshot_20230627_223812_WhatsApp.jpg

कुचबिहार: बीएसएफको गाडी र टेलिकम कम्पनीको गाडीबीच भएको टक्करमा चारजना गम्भीर घाइते भएका छन्। स्थानीय बासिन्दा, पुलिस, दमकल र बीएसएफका जवानहरूले घाइतेहरूलाई उद्धार गरी अस्पताल पुर्‍याएका थिए। स्थानीय स्रोतका अनुसार बीएसएफको गाडी घुघुमाटीतर्फ गइरहेको थियो भने बोलेरो कुचबिहारतर्फ आउँदै थियो। बाटोमा दुबै सवारीसाधन एकआपसमा ठोक्किएर सडकमा पल्टिएका थिए ।घटनामा बोलेरो चालक र एक बालक घाइते भएका छन्। सोही क्रममा बीएसएफको गाडीका चालक र एक बीएसएफ जवान पनि दुर्घटनामा घाइते भएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement