मालदा: ट्रक र मोटरसाइकल एक आपसमा ठोक्किँदा एक मोटरसाइकल चालकको मृत्यु भयाे। घटना मालदा जिल्लाको नरहट्टा क्षेत्रको कान्तबन्या क्षेत्रमा भएको हो।मृतक मोटरसाइकल चालक नरहट्टा क्षेत्रको दुर्गापुर क्षेत्र निवासी हसनु शेख बारीको रूपमा रहेको छ। स्थानीय स्रोतका अनुसार उनी आज दिउँसो मोटरसाइकल लिएर गएका थिए। त्यसपछि विपरित दिशाबाट आउँदै गरेको लरीले उनलाई ठक्कर दिँदा स्थानीयले तत्कालै उद्धार गरेर मालदा मेडिकल कलेज अस्पताल पुर्याए जहाँ चिकित्सकले उनलाई मृत घोषित गरेका थिए। यस घटनाले परिवारसहित सम्पूर्ण क्षेत्र शोकमा डुबेको छ।