सुनिल छेत्रीको ९२औं गोलः भारत र कुवैतबीच म्याच ड्र

IMG-20230627-WA0379.jpg

२७ जूनः साफ फूटबल च्याम्पियनशीपमा भारत र कुवैतबीच खेलिएको म्याच १-१-ले ड्र रह्यो। बेंगलुरुको श्री कान्तीर्वा स्टेडियममा खेलिएको ग्रुप ए-को यस म्याचमा कप्तान सुनिल छेत्रीले दिलाएको गोलको सहायताले भारत एक समय जीतको संघारमा पुगेको थियो तर स्टपेज टाइममा आत्मघाती गोलले गर्दा कुवैत हार्नदेखि बाँच्यो। स्टपेज टाइमको दोस्रो मिनटमा भारतीय डिफेण्डर अनवर अलीले आत्मघाती गोल गरे। यसअघि कप्तान सुनिल छेत्रीले मध्यान्तर अघि स्टपेज टाइमको दोस्रो मिनटमा गोल गरी भारतलाई बढ़त दिलाए। अन्तर्राष्ट्रिय फूटबलमा यो उनको ९२औं गोल हो।

म्याचको ९०औं मिनटमा खेलको अनुशासन भंग गर्दा भारतका रहीम अली अनि कुवैतका हमद अल क्वालाफलाई रेड कार्ड देखाइयो। म्याचमा भारतीय प्रशिक्षक इगोर स्टीमाकलाई पनि रेड कार्ड देखाइयो। स्टीमाकले यसअघि पाकिस्तान विरुद्ध म्याचमा पनि रेड कार्ड देखेका थिए। भारतले अगावै टुर्नामेण्टको सेमिफाइनलमा स्थान बनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement