सोरेङ जिल्लामा १५ जना नवजात शिशुको नाममा विरूवा रोपियो

mero-rukh_247

सोरेङः नवजात शिशुको नाममा १०८ वटा विरुवा रोप्ने सिक्किम सरकारको महत्त्वकांक्षी कार्यक्रम “मेरो रुख मेरो सन्तति“ अन्तर्गत आज सोरेङ जिल्लामा वन विभागको तत्वावधानमा देथाङ ग्राम पञ्चायत एकाईस्थित शिरिबदमको वन्य आरण्य क्षेत्रमा १५ जना नवजात शिशुको नाममा रानी चाप, फुस्रे चाप, भदरासे र पिप्ली प्रजातिको विरुवाहरु रोपियो।

आज देथाङ र परेङगाउँ ग्राम पञ्चायत एकाई अन्तर्गत १५ जना नवजात शिशुको नाममा वन विभागले मेरो रुख मेरो सन्तति अभियानको बिरुवा रोपन आरम्भ गरेको हो। सोरेङ जिल्लामा अहिलेसम्म चार सय पाँचजना नवजात शिशुको पञ्जीकरण वन विभागमा भइसकेको जानकारी वन विभागका डीएफओ क्षितिज सकसेनाले दिएको छ।

सोरेङ जिल्लामा आजदेखि शुरु गरिएको मेरो रुख मेरो सन्तति अभियान कार्यक्रममा सोरेङ जिल्लाकी जिल्ला पञ्चायत अध्यक्ष तिलादेवि गुरुङ प्रमुख अतिथिको रूपमा उपस्थित थिइन् भने उनको साथमा सत्तारूढ एसकेएम पार्टीका उपाध्यक्ष फूर्बा छिरिङ भोटिया, स्थानीय पञ्चायत, डीएफओ क्षितिज सकसेना, एसीएफ सोरेङ, आरओ विनोद छेत्री, वन विभागका कर्मचारी र नवजात शिशुका परिवारिक सदस्यहरुको उपस्थिति थियो।

आजको कार्यक्रममा वन विभागले देथाङ र परेङगाउँ ग्राम पञ्चायत एकाईका १५ जना नवजात शिशुका मातापितालाई मुख्यमन्त्री पीएस गोलेद्घारा हस्ताक्षरित प्रमाणपत्र पनि मुख्य अतिथि र विशिष्ट अतिथिको बहुलीबाट प्रदान गरियो।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement