बुर्तुक सरकारी महाविद्यालयमा दुई दिवसीय फेस्ट

cmpst_33

सरकारले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएको छः मुख्यमन्त्री

गान्तोक: सिक्किम सरकारी कलेज, बुर्तुकको आजदेखि दुई दिवसीय वार्षिक कलेज फेस्ट २०२३ को शुभारम्भ भयो। छात्र प्रतिनिधि परिषदद्वारा आयोजित आयोजित कार्यक्रममा राज्यका मुख्यमन्त्री प्रेमसिंह तामाङ मुख्य अतिथिको रूपमा उपस्थिति रहेका थिए। यसका साथै उनकी धर्मपत्नी कृष्ण राई, मानव संसाधन विकास विभाग सिक्किम सरकरका मन्त्री कुङगा निमा लेप्चा, लोकसभा सांसद डा. इन्द्रहाङ सुब्बा, विधायक आदित्य गोले, मुख्यमन्त्रीका राजनीतिक सचिव जेकब खालिङ लगायत अन्यहरूको पनि उपस्थिति रहेको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री तामाङले सिक्किम क्रान्तिकारी मोर्चा पार्टीको सरकारले शिक्षाको क्षेत्रलाई प्राथमिकता दिएर कार्य गरिरहेको जानकारी गराए। अहिले राज्यको विद्यालय, विश्वविद्यालय अनि महाविद्यालयहरुको क्याम्पसको निर्माण कार्य युद्धस्तरमा भइरहेको उनले अवगत गराए। केवल क्याम्पसको निर्माण मात्र होइन तर त्यहाँ विद्यार्थीहरुलाई आवश्यक पर्ने प्रत्येक आवश्यक सुविधाहरु सरकारले दिने प्रयास गरिरहेको मुख्यमन्त्रीले थप जानकारी गराए। पूर्व सरकारले लथालिङ्ग परेको शिक्षा व्यवस्थालाई पूनः सुदृढीकरण नगरिएसम्म् निरन्तर काम गर्ने पनि उनले प्रतिवदध्ता व्यक्त गरे। राज्यका महिला विद्यार्थीहरुलाई स्वास्थ्य सुरक्षा दिनको निम्ति वर्तमान सरकारले बहिनी योजना शुरू गरेको बताए। पूर्व सरकार अनि पूर्व मुख्यमन्त्रीले त यसलाई खिसी गर्ने अनि महिलाहरुको मासिक धर्मसम्वन्धी पनि खिल्ली उडाएको उनले किटान गरे।

यसरी नै उनले त्यही मानसिकता अनुरूप पूर्व मुख्यमन्त्रीको निर्देशनमा केही दिन अघि मात्र राज्यका एक बालिका कलाकारको सामाजिक सञ्जालमा बद्नाम गर्ने कार्य गरेकोमा उनले घोर आपत्ति जनाउँदै यस्तो कार्य गर्ने नीच व्यक्तिलाई प्रशासनले कडा भन्दा कडा कारवाही गर्नुपर्ने माग गरे। उनले कुनै पनि विषयमा आफूहरु तर्क गर्न तयार रहेको तर व्यक्तिगत रूपमा अरूको इज्जत अनि अस्मितामाथि घात गर्ने कार्य नगर्ने पनि उनले चेतावनी दिए। कलाकारहरुलाई सिक्किम सरकारले उत्साह अनि प्रेरणा दिने कार्य गरिरहेको तर पूर्व मुख्यमन्त्रीको निर्देशनमा यसरी कलाकारहरुलाई बदनाम गराउने कार्य गरिनु भनेको उनको नैतिकता पनि सकिएको प्रमाणित भएको किटान गरे। पूर्व मुख्यमन्त्रीले बारम्बार राज्य अनि रज्यवासीलाई बद्नाम गर्ने गरेको मुख्यमन्त्री तामाङले दावी गरे। राज्य बाहिर गएर उनले सिक्किम सुरक्षित छैन भन्दै राज्यको बद्नाम गर्नु भनेको सबैको बद्नाम गर्नु रहेको उनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement