पञ्चायत राज ल्यायौँ भन्नेहरूले तीन स्तरीय पञ्चायत किन ल्याएनन्: निश्चल पाख्रीन

IMG-20230627-WA0370.jpg

खरसाङ: आगामी ८ जुलाईमा सम्पन्न हुने पञ्चायत चुनाउमा खरसाङ खण्ड अन्तर्गत लङ्भ्यूको कोठीडाँडा, भेलाकूप, पङ्खाबारी अनि बरबोटे बुथबाट निर्दलीय प्रार्थीको रूपमा खडा भएका लङ्भ्यू निवासी निश्चल पाख्रीनले भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाप्रति कटाक्ष गर्दै पञ्चायत राज ल्यायौँ भन्नेहरूले तीन स्तरीय पञ्चायत किन ल्याएनन् ? भनी प्रश्न गरेका छन्। पाख्रीनले तल मधेशमा तीन स्तरीय पञ्चायत हुन्छ भने पहाडमा किन भएन? भन्दै वास्तवमा पश्चिम बङ्गाल राज्य सरकारले पनि केन्द्रले दिएको चेतावनीको डरले हतार-हतार पहाडमा दुइ स्तरीय पच्यायत चुनाउ गराएको जनाए। तिनले केन्द्र सरकारले यदि कुनै पनि राज्यमा पञ्चायत चुनाउ गराइएको छैन भने त्यहाँ केन्द्रको फण्ड नदिने दिएको चेतावनीको डरले नै पञ्चायत चुनाउ गराउन बाध्य भएको अवगत गराउँदै तर पहाडमा भने यहाँको सत्तारूढ दल भनिने राजनीति दलले भने यसको श्रेय लिन खोजिरहेको बताए। पाख्रीनले यसपाली गिउँ-घरका समस्याहरूलाई लिएर अनि आफूले आजसम्म गरेका विभिन्न कार्यहरूको अनुभवलाई लिएर चुनाउमा एक निर्दलीय प्रार्थीको रूपमा खडा भएको जनाउँदै आफूले जितेर गएको खण्डमा अवश्य नै निष्पक्ष रूपले सबैको हितमा कार्य गर्ने प्रतिबद्धता व्यक्त गरे। तिनले भने-यदि यहाँको सत्ताधारी पार्टीले पञ्चायत राज फर्काएर ल्याएको दावी गर्छ भने अढाई सयको मेम्बरलाई सातसय बनाउँदा तपाईँहरू किन चुप बस्नुभयो? तपाईँहरू राज्य सरकारसँग मिलेर काम गर्छौ भन्नेहरूले मधेशमा तीन स्तरीय पञ्चायत चुनाउ हुन्छ भने पहाडमा किन हुँदैन भनेर किन प्रश्न गर्नु सक्नु भएन? तपाईँले किन तीन स्तरीय पच्यायत ल्याउनु भएन? किन तपाईको सत्ता हराउँछ भनेर? पाख्रीनले गाउँ-घरलाई लिएर पञ्चायत चुनाउ हुने भए तापनि तर बजारकाहरू पो धेरै व्यस्त र भीड भएको देखिएको जनाउँदै आज गाउँलाई बजारहरूले धलिमली गरेको जनाए। तिनले कुनै पनि राजनीति दलले गाउँका महिला दिदी बहिनीहरूलाई राजनीति वा अन्य कुनै पनि क्षेत्रमा अघि बढ्न नदिएको उल्लेख गर्दै यो पञ्चायत चुनाउमा पनि माथिल्लो स्तरको बोर्ड चियर पर्सनमा बजारतिरकै उनीहरूको पार्टीको निकटको मान्छेलाई राख्ने प्रायः तय भएको जनाए। तर यसपाली प्रत्येक गाउँबाट महिला दिदी बहिनीहरू हिम्मत गरेर निर्दलीय प्रार्थी भएर खडा भएकोमा प्रशन्नता व्यक्त गरे। तिनले यो पञ्चायत चुनाउमा कुनै झण्डा अनि रङ्गलाई हेरेर होइन तर गाउँमा कसले सटीक कार्य गर्छन्? उसलाई चुनेर पठाउने आग्रह पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement