लङ्भ्यू क्षेत्रमा भागोप्रमोले सबै आशनमा जित्नेछ: मणिराज डुम्जन

IMG-20230627-WA0371.jpg

खरसाङ: खरसाङ खण्डको लङ्भ्यू पङ्खाबारी क्षेत्रमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रार्थीहरूले सतप्रतिशत जित्नेछ भनी पार्टीको पङ्खाबारी,लङ्भ्यू,अम्बटे समष्टिका सभापति मणिराज डुम्जनले दाबी गरेका छन्। उनी यसपालीको पञ्चायत चुनावमा लङ्भ्यू चियाबारी अन्तर्गत भेलाकूप, गोदामधुरा अनि मन्सीधुरा गाउँबाट पार्टीको टिकटमा खडा भएका प्रार्थी रहेका छन्। उनले यस क्षेत्रबाट पार्टीले इमान्दार, कर्तव्यनिष्ट अनि योग्य उम्मेद्वारहरू दिएको जनाउँदै उनीहरू सबैले पूर्ण बहुमतको साथ जीत हाँसिल गर्ने बताएका छन्। त्यसबाहेक समष्टिबाट पनि सबै उम्मेदवारहरू योग्य रहेको जनाउँदै पार्टीले जित हासिल गरेर बोर्ड बनाउने दावी गरे। पार्टी अध्यक्ष अनित थापाको कुशल नेतृत्व र उनको काम गराइलाई हेरेर आज सम्पूर्ण जनताले साथ दिइरहेको जनाउँदै डुम्जनले लङ्भ्यू क्षेत्रलाई मात्रै पनि उनले धेरै विकास गरेको तिनले जनाए। डुम्जनले भने-बन्द अवस्थामा रहेको लङ्भ्यू चियाबारीमा अध्यक्ष अनित थापाले यहाँका मानिसहरूलाई चुल्हा जल्ने व्यवस्था गरिदिए। दशैँ-तिहार टारिदिए। विभिन्न विकासमूलक कार्यहरू गरिदिए। अब लङ्भ्यूवासीले उनको ऋण तिर्ने दिन आएको छ। तिनले आफूले पनि यहाँका जनतालाई धेरै कुरामा सहयोग प्रदान गर्ने कार्य गरेको जनाउँदै अवश्यनै यसपल्ट यहाँका जनताले तिनलाई यो चुनाउमा पूर्ण बहुमतले विजयी बनाएर पठाउने कुरोमा आफू विश्वस्त रहेको बताए। तिनले विशेषगरी लङ्भ्यूमा विपक्षी पार्टी औँलामा गन्न सकिने मात्र रहेको जनाउँदै गठबन्धन भन्दै त्यही गठबन्धनबाट पनि दुइजना-तीनजना प्रार्थी उठाएको बताए औ तिनीहरूलाई गठबन्धन होइन ठगबन्धन रहेको पनि जनाए। डुम्जनले लङ्भ्यू-पङ्खाबारी क्षेत्र लगायत सम्पूर्ण समष्टिका जनतालाई आग्रह गर्दै आपसी मतभेद तथा रीस रागलाई त्यागेर भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको पक्षमा मत खसाल्ने आग्रह गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement