हुगलीः पञ्चायत चुनाउलाई हिंसामुक्त गर्ने उद्देश्यले अदालतको निर्देशानुसार पश्चिम बंगालमा केन्द्रिय बलहरूको टीम पुगिसकेको छ। सूत्रहरू अनुसार, हुगली ग्रामीण पुलिस जिल्ला अधीन विभिन्न थाना क्षेत्रहरूमा केन्द्रिय बलका जवानहरूको तैनाती गरिन्दैछ। यही क्रममा मंगलवार हुगली जिल्लाको बलागढ़ थाना क्षेत्रमा केन्द्रिय बलको एक कम्पनी पुगेको छ।
प्राप्त जानकारी अनुसार, मंगलवार बलागढ़ थाना अन्तर्गत श्रीपुर बलागढ़ पञ्चायत क्षेत्रको श्रीपुर बजार, चान्द्रा कोलोनी, बलागढ़ बजार, बारोजीबी कोलोनी, भवानीपुर चर, ठाकुर कोलोनी सहित विभिन्न क्षेत्रहरूमा सेन्ट्रल फोर्सले रूट मार्च गरेको छ।
मूल रूपमा जुन क्षेत्रहरूमा हिंसा हुनसक्ने आशंका छ, ती सबै क्षेत्रहरूमा केन्द्रिय वाहिनीले रूट मार्च गर्नेछ। मंगलवार बलागढ़ थानाको ओसी समर दे, एसआई राजकिरण मुखर्जी उपस्थित रहे। हुगली ग्रामीण पुलिस अधिकारीहरूको नेतृत्वमा केन्द्रिय वाहिनीले रूट मार्च शुरू गऱ्यो। यस अवधि बलागढ़ थानाको ओसी समर देले स्थानीय मानिसहरूसित कुरा पनि गरे। मतदान गर्नका लागि कुनै दबाउ त भइरहेको छैन, सोही जान्ने प्रयास गरियो। उनले सबैलाई निर्भय भएर मतदान गर्ने आश्वासन दिए। उनले यदि यस्तो परिस्थिति आए पुलिसलाई सूचित गर्नलाई भनेका छन्।
-हिस