कालचिनीः मङ्गलबार बिहान मर्निङ वाकमा निस्किएको गाउँलेहरूले गाउँको बाटो किनारी एकजना मानसिक सन्तुलन हराएको महिलाको मृतदेह देख्दा मेचपाड़ा गाउँभरी सनसनी मच्चियो। कालचिनी थाना अन्तर्गत पर्ने मेचपाड़ा चियाबारीको पक्का लाईनको बीच बाटो किनारी मङ्गलबार गाउँलेहरूले गाउँमा टोल्लिएर हिँड़ी रहने मानसिक सन्तुलन हराएको महिला मञ्जु उराँव उमेर प्रायः ३५ को मृतदेह खुनले लथपत अवस्थामा देख्दा गाउँमा सनसनी मच्चिएको थियो। गाउँलेहरूले सम्भवतः यस महिलालाई राती गाउँमा पस्ने एक्ले हात्तीले ज्यान लिएको हुनसक्ने आशङ्का व्यक्त गरेका छन्।
घटनाको जानकारी पाएर घटनास्थलमा हेमिल्टनगञ्ज रेञ्ज र कालचिनी थानाको पुलिसबल पुगेर शवलाई उद्धार गरेको थियो भने शवको पहिचान गाउँलेहरूले नै मानसिक सन्तुलन हराएको मञ्जु उराँव रहेकी जनाएका छन्। शवलाई पोस्टमार्टमको निम्ति अलिपुरद्वार पठाईने कालचिनी थाना सुत्रले जनाएका छन्।