कोविड़ सिक्किम: कोरोनाको मामिला फेरि बढ्दै

कोरोनाको ८ नयाँ मामिला, एकजना भए कोरनामुक्त

गान्तोक: राज्यमा कोरोनाको नयॉं मामिला बढ्न फेरि थालेको छ। आज राज्यमा कोरोनाको ८ वटा नयाँ मामिला अघि आएको र १ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएको राज्य स्वास्थ्य विभागद्वारा जारी गरिएको रिपोर्टमा उल्लेख गरेको छ। राज्यमा आज यो रोगले कसैको मृत्यु भएन।

स्वास्थ्य विभागले जानकारी गराए अनुसार हिजो कूल १२२ जनाले कोरोना जाँच गरेको मा, पूर्व जिल्लाबाट ८ जनामा कोरोनाको पुष्टि भएको छ। विभागले जारी गरेको कोरोनाको आंकडा अनुसार हाल राज्यमा २३ जना कोरोना रोगीहरू उपचारधीन रहेका छन्। आज कोरोना सकारात्मकता दर ६.६ प्रतिशत दर्ता भएको छ। 

अहिलेसम्म राज्यमा ३७,९८८ जना यस रोगलाई जितेर स्वास्थ्य लाभ लिइरहेका छन् भने वर्ष २०२० देखि अहिलेसम्म ३९,२१८ जना कोरोना संक्रमित बनिसकेका छन्। हालसम्म यस रोगको कारण हालसम्म ४५३ जनाको मृत्यु भइसकेको छ।

About Author

Advertisement