राजाभातखावामा ग्राम पञ्चायत क्षेत्रमा भाजपाको चुनाउ प्रचार

0abf114c-0f19-43f4-b811-87ae623b5db3

कालचिनीः आगामी ८ जुलाईको दिन सम्पन्न हुने पञ्चायत चुनाउलाई ध्यानमा राखेर अहिले सम्पूर्ण राजनैतिक दलहरू आ-आफ्नो प्रार्थीहरूको निम्ति भोट प्रचार गर्दै हिँड़ने क्रममा मङ्गलबार कालचिनी खण्डको राजाभातखावा ग्राम पञ्चायत अन्तर्गत पर्ने बक्साद्वार र सुन्तलाबारी एवम् जयन्ती क्षेत्रमा भाजपाले चुनाउ प्रचार गऱ्यो। यस क्रममा बक्साद्वार पहाड़को काखमा अवस्थित सुन्तलाबारी बजार र जयन्ती क्षेत्रमा कालचिनी विधायक विशाल लामाको उपस्थितिमा भाजपाका ग्राम पञ्चायत, पञ्चायत समिति र जिल्ला परिषदको प्रार्थीलाई समेटेर चुनाउ प्रचार गरिएको भाजपा २० नम्बर मण्डल सभापति अभिनारायण शर्माले जनाएका छन्।
भाजपाका बक्साद्वार पहाड़को ग्राम पञ्चायत प्रार्थी किन्ले बुद्ध डुक्पा लगायत पञ्चायत समितिको प्रार्थी नवीन कार्की र जिल्ला परिषदको प्रार्थी रुमा मंगर छेत्री एवम् २८ बस्ती, जयन्ती र राजाभातखावा क्षेत्रका भाजपा प्रार्थीहरूको समर्थनमा प्रचार गरिएको मण्डल सभापति अभिनारायण शर्माले थप जनाएका छन्। तृणमूलको भ्रष्टाचारमुक्त ग्राम पञ्चायत गठन गर्न भाजपा प्रार्थीहरूलाई विजयी बनाउने आह्वान जनता समक्ष गरीएको भाजपा नेताहरूले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement