कालचिनीः अठियाबारी चियाबारीको १४ नम्बर सेक्सनमा थापिएको फलामे पिञ्जड़ामा मङ्गलबार बिहान एउटा नर चितुवा फस्दा कमानको मानिसहरू उक्त चितुवा हेर्न भीड़ लागेको थियो। कमान प्रबन्धनपक्षले यसको जानकारी बन विभागलाई दिँदा घटनास्थलमा बनकर्मीहरू पुगेर पिञ्जड़ासहित उक्त चितुवालाई उद्धार गरेर राजाभातखावा लगेर गएको थियो।
बन विभागले उक्त चितुवा वयस्क नर रहेको र पशु चिकित्सा केन्द्रमा प्राथमिक उपचार पश्चात कोर जंगलमा लगेर छोड़ी दिएको जनाएका छन्। कमानको सेक्सनहरूमा श्रमिकहरूको सुरक्षार्थ लगातार चितुवाको बढ़दो रगरगीले गर्दा बन विभागको सहयोगितामा पिञ्जड़ा थापिएको र आशा अनुरूप चितुवा पिञ्जड़ामा फस्न पुगेकोले कमानको प्रबन्धनपक्षले राहत अनुभव गरेका छन्।