कोलकाताः पूर्व बर्दवान जिल्लाको कटवामा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसको पञ्चायत उम्मेदवार स्वपना दासको घरबाट भारी मात्रामा बम-बारूद उद्धार भएको छ। जसपछि पञ्चायत उम्मेदवारका पति मिथुन दासलाई पक्राउ गरिएको छ। उनलाई सोमवार राति पक्राउ गरिएको छ। पुलिसले उनलाई मंगलवार कोर्टमा पेश गरी हिरासतमा लिने अर्जी लगाएको छ।
मिथुनकी पत्नी कटवाको आलमपुर ग्राम पञ्चायतबाट तृणमूल कांग्रेसको उम्मेदवार हुन्। कुसुम्बा गाउँमा उनको घर छ। सोमवार राति क्षेत्रका धेरै गाउँहरूमा पुलिसले छापा माऱ्यो, जसपछि उनको घरबाट भारी मात्रामा बम-बारूद उद्धार भएको छ। जसपछि मिथुनलाई पक्राउ गरियो।
घटनालाई लिएर विपक्ष आक्रामक भएको छ। स्थानीय माकपा उम्मेदवार रीना दासले भनिन्, सत्तारूढ़ पार्टीको उम्मेदवारको घरबाट भारी मात्रामा बम-बारूद उद्धार हुँदा तृणमूल कांग्रेस कुन प्रकारले चुनाउ गराउन चाहन्छ, यसबाट स्पष्ट भएको छ। स्वपनाले अहिलेसम्म यसबारे केहीपनि भनेकी छैनन्।
-हिस