मणिपुरमा काम नगरे वेतन नपाइने

00-1-Rashtriya-Samachar-24

इम्फालः मणिपुर सरकारले राज्यका कर्मचारीहरू कार्यालय नआएको मध्यनजर राज्यभरिमा काम नगरे वेतन नपाइने कानून लागू गरेको छ। राज्यको सामान्य प्रशासन विभाग (जीएडी) लाई यस्ता सबै कर्मचारीहरूको सूची उपलब्ध गराउनलाई भनिएको छ, जो काममा आइरहेका छैनन्।

यस सन्दर्भमा सामान्य प्रशासन विभागका सचिव माइकेल एचोमद्वारा आज (सोमवार हस्ताक्षरित) जारी एक आदेशमा मुख्यमन्त्रीको अध्यक्षतामा १२ जूनमा भएको बैठक र कारबाहीमा प्यारा ५-(१२) मा लिइएको निर्णयलाई उद्धृत गर्दै भनिएको छ, ती सबै कर्मचारीहरूमाथि काम नगरे वेतन नपाइने नियम लागू हुनेछ, जो अवकाश नलिई ड्यूटीमा आउँदैनन्।

मणिपुर सरकारमा एक लाख कर्मचारी छन्। यस्ता कर्मचारीहरूको नाम, पदनाम, कार्यालयको नाम, ठेगाना आदि सम्बन्धी विवरण सामान्य प्रशासन विभाग र कार्मिक विभागलाई २८ जूनसम्म प्रस्तुत गर्नलाई भनिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement