कालीघाटका काकूकी पत्नीको हार्ट अटेकले मृत्यु

00-1-Rajya-Samachar-9

कोलकाताः राज्यमा शिक्षक नियुक्ति भर्ती भ्रष्टाचार मामिलाको आरोपित कालीघाटका काकू उर्फ सुजयकृष्ण भद्रकी पत्नी बानी भद्रको निधन भएको छ। सोमवार राति १ बजी हृदय घातले उनको निधन भयो। उनी लामो समयदेखि बिरामी थिइन्।

३० मईमा ईडीले शिक्षक भर्ती भ्रष्टाचार मामिलामा लगभग १२ घण्टा सोधपुछ गरेपछि काकूलाई कालीघाटबाट पक्राउ गरेको थियो। अहिले उनी प्रेसीडेन्सी जेलमा बन्द छन्। केन्द्रिय जाँच एजेन्सी अनुसार सुजोयले भर्ती भ्रष्टाचारमा फंसेका पूर्व शिक्षा मन्त्री पार्थ चटर्जी र कुन्तल घोषबीच सेतुको काम गरेका थिए र माणिक भट्टाचार्यको पनि सम्पर्कमा थिए। ईडीले दाबी गऱ्यो, काकू २०१८ देखि यस भ्रष्टाचारमा सामेल छन्।

जाँचकर्ताहरूले यो पनि दाबी गरेका छन्, सोधपुछमा कुन्तलले बतायो, पार्थसित सम्पर्क गर्नका लागि सुजोयले पहिले कुन्तलबाट ७० लाख रूपियाँ लियो। सुजोयले भन्दा उसले पार्थलाई थप १० लाख रूपियाँ दियो। भर्ती भ्रष्टाचार जाँचमा सुजोयका उकीलले कोर्टलाई काकूकी पत्नी बिरामी रहेको बताए। तर जमानत पाइएन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement